‘फाइटर’को ‘इश्क जैसा कुछ’ गीतमा ऋतिक र दीपिकाको रोमान्स(भिडियोसहित)

फिल्मी फण्डा । अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’को दोस्रो गीत रिलिज गरिएको छ । ‘इश्क जैसा कुछ’ बोलको गीतमा ऋतिक र दीपिका ग्ल्यामरस लुक्समा देखिएका छन् । समुन्द्रको किनारमा खिचिएको गीतमा दुवै कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

गीतमा संगीत विशाल शेखरले दिएका हुन् । शेखरको अलवा शिल्पा रावको पनि स्वर गीतमा छ । ‘फाइटर’ भारतको पहिलो हवाई एक्सन फिल्म बताइएको छ । गीत सार्वजनिक भएलगतै विभिन्न प्रतिक्रिया मिलिरहेको छ । 

फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुर एयर फोर्स अफिसरको रूपमा देखिएका थिए ।  सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरीमा रिलिज हुनेछ । फिल्म मार्फत पहिलो पटक ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन् । फिल्ममा करण सिंह ग्रोवर र अक्षय रोबरायको पनि मुख्य भूमिका छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech