नेपाल अन्तिम २० मा पनि नपरेको मिस अर्थ २०२३ को उपाधि अल्बानियालाई

फिल्मी फण्डा  । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् ।  भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् ।

फिलिपिन्सकी एलना अदुआना फस्ट–रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी दोथि लाना सेकेण्ड रनरअप बन्दै मिस अर्थ वाटर बनिन् । थाइल्याण्डकी कोरा ब्लिअल्ट थर्ड रनरअप बन्दै मिस अर्थ फायर घोषित भइन् ।

विजेता घोषित भएसँगै जिरीले वातावरण संरक्षणको लागि जनचेतना फैलाउने कार्यको दूत भएर काम गर्नेछिन् । भियतनामको होचि मिन्ह सहरमा भएको फिनालेमा ८४ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले सहभागिता जनाएकी थिइन् । नेपाल सेमिफाइनल अर्थात अन्तिम २० मा छनोट हुन सकेन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech