'छड्के २' निर्माता भन्छन्-'लगानी सुरक्षित छ'

फिल्मी फण्डा । नेपाली फिल्म हेर्ने दर्शकका लागि फाल्गुन १९ मा दुई रोजाई छन् । 'छक्का पन्जा ४' र 'छड्के २' एकसाथ प्रदर्शनमा आउदै छ । फाल्गुन १९ को यो भिडन्तलाई साढे जुधाई पनि भनिएको छ । 

'छक्का पन्जा' एक सफल ब्राण्ड बनिसकेको फिल्म हो । यो फिल्मको अघिल्ला संस्करणहरुले व्यापारमा उछाल ल्याएको थियो । त्यसैले 'छक्का पन्जा'को रिलिजसंग जुध्ने हिम्मत कसैले गर्दैन थिए । कसैले गरिहाले पनि दीपकले वार्ता गरेरै भए पनि रिलिज डेट सार्न लगाउथे । 

यसपटक भने 'छक्का पन्जा ४' संग 'छड्के २' का निर्माताले जुध्ने हिम्मत गरेका छन् । पहिलो संस्करणमा बिपिन कार्की, दयाहांग राई, नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको छड्केको बम्पर ओपनिङको अहिले सम्म पनि चर्चा हुन्छ । अनमोलको विगत हेर्ने हो भने उनि पनि इनिसियल व्यापारका राजा नै हुन् । 

त्यसै पनि फिल्ममा लागेको ५ करोड लगानी सुरक्षित भैसकेको निर्माता मध्येका एक प्रशान्त गिरीले एक टेलिभिजन अन्तरवार्तामा बताएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech