फिल्मी फण्डा । अभिनेता दयाहाङ्ग राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'बिहे पास' को टिजर सार्वजनिक भएको छ ।
टिजरमा एक असल युवतीको मन जितेका दयाहाङ्ग राइले असल पुरुष बन्न गरेको संघर्ष देखाइएको छ । असल युवती र असल बन्न प्रयत्न गरिरहेको युवकको प्रेम कथामा यो फिल्म निर्माण भएको टिजरमा देख्न सकिन्छ ।
प्रवेश पौडेलले निर्देशन गरेको यो फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ । रोहित कट्टेलको प्रस्तुतीमा रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।