रंगमन्च दिवसको अवसर 'नरिसाउनु' सार्वजनिक

फिल्मी फण्डा । गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो 'नरिसाउनु' सार्वजनिक गरिएको हो।

किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ।

'नरिसाउनु' बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ। भिडियोमा भुवन सिंह राई, सारा राई,इशिका जबेगु,रोशनी स्याङ्ग्बो,सरोज खालिङ्ग,नोगेन लिम्बु,मोहन सुनुवार,पिंकी घिसिङ्ग,सुवाश लामाको अभिनय रहेको छ। भिडियो भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech