फिल्म 'परस्त्री' को हिन्दी संस्करण भारतमा मात्रै प्रदर्शन हुने

फिल्मी फण्डा । हिन्दी भाषामा पनि डब गरीएको फिल्म परस्त्री भारतमा हिन्दी र नेपालमा भने सिर्फ नेपाली भर्सन मात्रै रिलिज हुने भएको छ । फिल्म परस्त्री भारतीय दर्शकलाई लक्षित गरी हिन्दीमा पनि डब गरीएको थियो । तर हिन्दी  भर्सन अब भारतमा मात्रै प्रदर्शन हुने भएको छ । फिल्म प्रचारप्रसारको क्रममा भारतमा रहेका निर्देशक सुरज पाण्डेले फेसबुकमा स्टाटस राख्दै उक्त जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन् हामिले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र परस्त्री यही असार १५ गते देखी नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको चलचित्र परस्त्रीको संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र परस्त्री नेपालमा प्रदर्शन हुनेछ, धन्यवाद।

यस अघि 'प्रेम गीत ३' हिन्दी र नेपाली दुबै भाषामा नेपाली हलहरूमा प्रदर्शन भएको थियो । नेपाली फिल्म नेपालमै हिन्दी भाषामा प्रदर्शन भएको भन्दै 'प्रेम गीत ३' निकै विवादित बनेको थियो । त्यसैले परस्त्री टिमले यस्तो निर्णय लिएको अनुमान गरिएको छ । परस्त्री अन्तराष्ट्रिय बजारलाई लक्षित गरी हिन्दीमा पनि डब गरीएको निर्माण टिमले बताउँदै आएको छ । पछिल्लो समय बोल्ड सिनको कारण सेन्सरमा विवादित बनेको फिल्म ६ ओटा सिन छोट्याएर सँगै  ‘पीजी सर्टिफिकेट’का साथ प्रदर्शन हुदै छ ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकि हुन् । फिल्ममा सिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech