भोटेकोशी बाढीपीडितका लागि कुन कलाकारले कति सहयोग गरे ? (सूचीसहित)

फिल्मी फण्डा । भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण हजारौं नागरिक प्रभावित भएका छन् भने ठूलो संख्यामा जनधनको क्षति भएको सरकारी विवरण छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

सरकारले राहत तथा पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ। उक्त कोषमा कलाकार तथा कलाकर्मीहरूले पनि आर्थिक सहयोग घोषणा तथा प्रदान गरेका छन्।

कतिपय कलाकारले नगद सहयोग गरेका छन् भने केहीले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री वितरण गरिरहेका छन्। कलाकार पल शाह, दीपाश्री निरौला, दुर्गेश थापालगायत विभिन्न कलाकर्मी राहत तथा उद्धार अभियानमा जोडिएका छन्। अभिनेता निखिल उप्रेतीले आफ्नो फिल्मको एक शो च्यारिटीका रूपमा प्रदान गर्ने घोषणा गरेका छन्।

कलाकर्मीमध्ये केहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेका छन्। उपलब्ध विवरणअनुसार सहयोग गर्ने कलाकर्मी तथा चलचित्र टिमको सूची यस्तो छ।

नगद सहयोग गर्ने कलाकर्मी तथा चलचित्र टिम

क्र.सं. नाम/टिम सहयोग रकम
कन्दरा ब्याण्डका विवेक श्रेष्ठ २१ लाख रुपैयाँ
फिल्म ‘पार्वती’ टिम झण्डै १२ लाख रुपैयाँ
गायक सुशान्त केसी १० लाख रुपैयाँ
पारस बम ठकुरी ‘कुल ब्वाय’ ५ लाख रुपैयाँ
दीपकराज गिरी र दीपाश्री निरौला ३ लाख रुपैयाँ
अभिनेत्री वर्षा शिवाकोटी ३ लाख रुपैयाँ
भुवन–बसुन्धरा–चैत्य फाउण्डेशन ३ लाख रुपैयाँ
फिल्म ‘बा ए योद्धा’ टिम २ लाख रुपैयाँ
मह जोडी २ लाख रुपैयाँ
१० विराज भट्ट १ लाख ५१ हजार रुपैयाँ
११ गीतकार संघ नेपाल १ लाख १५ हजार रुपैयाँ
१२ रचना रिमाल १ लाख रुपैयाँ
१३ बेनिशा पौडेल १ लाख रुपैयाँ
१४ मेलिना राई १ लाख रुपैयाँ
१५ प्रकाश सपूत १ लाख रुपैयाँ
१६ बिनिता कार्की ६१ हजार २४२ रुपैयाँ
१७ माल्भिका सुब्बा ५० हजार रुपैयाँ
१८ शान्तिश्री परियार ५० हजार रुपैयाँ
१९ टीका सानु ५० हजार रुपैयाँ
२० गोविन्द शाही ५० हजार रुपैयाँ
२१ सुशील पोखरेल ३३ हजार ३३३ रुपैयाँ
२२ शिव परियार २५ हजार रुपैयाँ
२३ एलिना चौहान २५ हजार रुपैयाँ
२४ चन्द्र शर्मा २५ हजार रुपैयाँ
२५ दीपिका व्याम्बु २५ हजार रुपैयाँ
२६ प्रताप दास २५ हजार रुपैयाँ
२७ अर्जुन सापकोटा २५ हजार रुपैयाँ
२८ राधिका हमाल २१ हजार रुपैयाँ

२९

३० 

रामकृष्ण ढकाल

फिल्म ‘युग’

११ हजार रुपैयाँ

१ लाख १ हजार

नगदसँगै प्रत्यक्ष राहतमा पनि कलाकर्मी

कलाकारहरूको सहयोग नगदमा मात्र सीमित छैन। केही कलाकर्मी स्वयं प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, कपडा तथा आवश्यक सामग्री वितरणमा सक्रिय छन्। यसले विपद्का बेला मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तिहरूको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियतालाई पनि देखाएको छ। उपलब्ध विवरणअनुसार माथि उल्लेखित रकम नगद सहयोगसम्बन्धी सार्वजनिक रूपमा आएको विवरण हो। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech