फिल्मी फण्डा । नायिका शिल्पा मास्केले नेपालमा हिन्दी फिल्म आदिपुरुष ब्याण्ड हुँदा आफुलाई पिडा महसुश भएको बताएकी छिन् । परस्त्री फिल्म प्रमोसनको लागि भारतमा रहेकी सिल्पाले भारतीय न्युज च्यानल आज तक सँग कुरा गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् । 'यहाँ हामि नेपाली फिल्म परस्त्री मार्फत् नेपाल भारत बिच नयाँ सम्बन्धको बिषयमा कुरा गरिरहेका छौं, तर उता नेपालमा भारतीय फिल्म ब्याण्ड गरीएको छ नी' भन्ने पत्रकारको प्रश्नमा सिल्पाले भनिन्, 'हो मलाई दुख लागेको छ, म एक कलाकार भएको नाताले बुझ्छु किआफुले मेहनत गरेको फिल्म ब्याण्ड हुँदा कति दुख लाग्छ भनेर ।'
उनले थपिन्, साथै राइटर या मेकरले पनि सोच्नु पर्ने हुन्छ कि सत्यतथ्य नबुझि फिल्म बनाउदा कसैको इमोसन हर्ट गर्छ भनेर, र इतिहास माथि फिल्म बनाउदा हामिले सत्यतथ्य बुझेर मात्रै बनाउनु पर्ने हुन्छ । साथै उनले बाँकि मेकरलाई उक्त घटनाले फिल्म लेख्दै गर्दा कति ध्यान दिनुपर्ने रहेछ भन्ने शिक्षा पनि मिलेको बताइन् । पत्रकारको त्यहि प्रश्नमा फिल्मका निर्देशक सुरज पाण्डेले आदिपुरुषका लेखकले नेपाल भारतको हिस्सा रहेको अभिव्यक्ति दिएर आगोमा घिउ हाल्ने काम गरेको बताए, उनले थपे हामिले अन्य हिन्दी फिल्मलाई माया गरेकै छौं, यदि आदिपुरुषका लेखकले माफी मागेको भए यस्तो विवाद हुने थिएन ।
आगामी शुक्रबार बाट नेपाल र भारतमा एक साथ प्रदर्शन हुन लागेको परस्त्री टिम अहिले प्रचारप्रसारमा ब्यस्त छ । शर्मिला पाण्डे द्वारा निर्मित फिल्ममा शिल्पा मास्केको साथमा कोसिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झिकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय रहेको छ ।