परस्त्रीको ग्राण्ड प्रिमियर सो आयोजना : दर्शकको मिश्रित प्रतिक्रिया 

फिल्मी फण्डा । आजबाट देशभर र भोली बाट भारत प्रदर्शन हुन गइरहेको नेपाली फिल्म परस्त्रीको निर्माण टिमले हिजो बुधबार काठमाण्डौंमा ग्राण्ड प्रिमियर सो आयोजना गरेको थियो । उक्त प्रिमियर सो मा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । प्रिमियममा उपस्थित दर्शकले फिल्म हेरिसकेपछि मिश्रित प्रतिक्रिया दिएका थिए । क्राइम थ्रिलर जनरामा बनेको फिल्म परस्त्रीमा प्रेम, सेक्स र अपराधलाई देखाइएको छ । 

प्रिमियममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाराम दाहाल, दिपेन्द्र के खनाल सहित फिल्मका कलाकार शिल्पा मास्के, गौरब बिष्ट, कोशिष क्षेत्री लगायतको उपस्थिति रहेको थियो । फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे द्वारा निर्मित फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झिकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय रहेको छ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech