परिवार बाट प्रस्ताव आए समिक्षासँग बिहे गर्न आमेश तयार

फिल्मी फण्डा । नायक तथा गायक आमेश भण्डारीले आफु समिक्षा अधिकारी सँग बिहे गर्न तयार रहेको बताएका छन् । सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम 'द प्रकाश सुवेदी सो' मा बोल्दै आमेशले यदि समीक्षाको परिवार बाट प्रस्ताव आए आफु बिहेको लागि तयार रहेको बताएका हुन् । समिक्षा र आमेश प्रेममा रहेको चर्चाको बिच आमेशको यस्तो अभिव्यक्ति आएको हो । तर आफुहरु प्रेममा रहेको कुरा भने पुर्ण रुपमा गलत रहेको उनको भनाइ रहेको छ । आफुहरु मिल्ने साथि रहेको तर प्रेम भने नरहेको उनले दावि गरे । उनीहरु पछिल्लो समय टिकटकमा निकै खुलेर एकअर्का सँग भिडियो बनाउँदै आएका थिए ।

कार्यक्रममा आमेशले समिक्षको खुलेर तारिफ पनि गरेका थिए । उनले भने 'समिक्षा निकै आत्मविश्वासी रहेको छिन्, साथै समिक्षको भविष्य निकै राम्रो रहेको र उनले निकै प्रगती गर्न सक्ने बताए ।' आफु ठुलो उमेर सम्म पनि पिताको छत्र छायाँमा रहेको तर समिक्षा आज भन्दा ४,५ बर्ष अघि देखिनै काठमाण्डौं आएर बसेको, परिवार धानेको उल्लेख गर्दै समिक्षा निकै परिपक्व रहेको बताए । साथै उनले समीक्षाको विगतको कन्टोभर्सि तर्फ इंगित गर्दै भने मत १,२ ओटा नराम्रो कमेन्ट आउदैमा डिप्रेसनमा जान्छु, तर उसले त्यत्रो गाली कसरी सह्यो होला ? उ निकै स्ट्रोङ छ ।  

आमेश र समिक्षा गएको केहि महिना अष्ट्रेलीयामा सँगै थिए । अष्ट्रेलीया भ्रमणमा गएकी समिक्षा उतै बस्दै आएका आमेश सँग निरन्तर टिकटकमा देखिन थालेपछि धेरैले उनीहरु प्रेममा रहेको अनुमान गरेका थिए । त्यसमाथि पनि  उनीहरुले एक अर्काको पक्षमा स्टाटस लेखेर उत्त चर्चालाई थप बलियो बनाउन सहयोग गरे । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech