रेखा थापाको  ‘उपहार’, भदौदेखि छायांकन हुने

फिल्मी फण्डा। रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्म  ‘उपहार’ को आगामी भदौंदेखि छायाँकन हुने बताइएको छ । लभस्टोरी र सोसल ड्रामामा बन्न लागेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजाको मूख्य भुमिका रहने बताइएको छ । निर्देशक देउजाले अन्य कलाकार तय हुन बाँकी रहेको बताए ।

डेढ करोड रुपैयाँ बजेटमा बन्ने फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।

फिल्मका निर्माण टिमले पहिलो गीत रेकर्ड समेत गराएका छन् । बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech