नायिका एलिजा गौतमले लिइन् सक्रिय राजनीतिबाट विदा

फिल्मी फण्डा । नायिका एलिजा गौतमले सक्रिय राजनीतिबाट सन्यास लिएकि छिन् । आज फेशबुकमा एक पोस्ट गर्दै उनले यस्तो जानकारी दिएकि हुन् । उनि ५ महिना अघिमात्रै रेशम चौधरी पत्नि रञ्जिता श्रेष्ठ नेतृत्वको नागरीक उन्मुक्ति पार्टीमा आबद्ध भएकि थिइन् । 

उनले फेशबुकमा धरानका मेयर हर्कराज राई सँगको फोटो सेयर गर्दै लेखेकि छिन् 'धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।' 

एलिजा बिभिन्न राजनितीक कार्यक्रमहरुमा सक्रिउ रुपमा प्रस्तुत हुँदै आइरहेकि थिइन् । कति सम्म भने प्रभानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा समेत उपस्थिती हुने गर्थिन् । उनि पछिल्लो समय टिकापुर हत्याकाण्ड का योजनाकार रेशम चौधरीलाई जेल बाट छुटाउन माग गर्दै सडमा आगो बाल्ने धम्कि दिएर चर्चामा आएकि थिइन् । 

अनुराग फिल्म बाट नेपाली फिल्म उद्योगमा भित्रिएकि एलिजाले दर्जनौं म्युजिक भिडियोमा समेत काम गरेकि छिन् । उनले खेलेको आधि कपाल पालेको दिन्थे मुटु झिकि, धानै कुट्ने ढिकि, आँटो पिठो लगायत गिता अभिनय गरेकि छिन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech