फिल्मी फण्डा । ब्लकबस्टर हिट फिल्म 'पापी मान्छे' को तेस्रो श्रृंखला 'पापी मान्छे ३' बन्ने भएको छ । राजकुमारको राईको निर्माणमा बन्ने फिल्मलाई चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले निर्देशन गर्ने छन् । निर्देशक पराजुलीले फेसबुकमा फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरी फिल्म निर्माणको जानकारी दिएका हुन् । डेढ दशक अघि निर्माण भएको पापी मान्छेमा एक्सन स्टार निखिल उप्रेती मुख्य भुमिकामा थिए, त्यस समय फिल्ममा निखिल सँगै बाँदर र कुकुरको पनि बिशेष भुमिकामा थिए ।
यस फिल्ममा पनि जनावरको बिशेष भुमिका रहने बताइएको छ । पापी मान्छे र पापी मान्छे २ मा कुकुर र बाँदरलाई दर्शकले अत्याधिक रुचाएका थिए । अब बन्ने फिल्ममा पनि चिम्पान्जी मुख्य भुमिका रहने पक्का भएको छ । फिल्मको फस्ट लुकमा पनि चिम्पान्जी देखाइएको छ । अब बन्ने फिल्ममा पुरानो स्टारकास्ट रहन्छन् या रहँदैनन् त्यो हेर्न बाँकि छ ।