फिल्मी फण्डा । कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नायिका साम्राज्ञी आर एल शाह विरुद्ध हालेको मानहानीको मुद्धा काठमाण्डौं जिल्ला अदालतले खारेज गरिदिएको छ । आफुमाथि गाली गलौज गरी मानहानि गरेको भन्दै १० करोड क्षतीपुर्ती माग गरी भुवनले २०७७ साउन १ गने काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।
फिम ड्रिम्स को छायँकनको क्रममा आफुमाथि दुव्र्यवहार भएको भन्दै साम्राज्ञीले आफ्नो इन्स्टाग्राम लाईभमा अभिव्यक्ति दिएकी थिइन् । तर उनले कसैको पनि नाम लिएकी भने थिइनन् । तर भुवनले विभिन्न समयमा सामाजिक सञ्जाल र अन्तरवार्ताको क्रममा साम्राज्ञीले आफ्नो मानहानी गर्ने मनसायले अभिव्यक्ति दिदै आएको आरोप लगाएका थिए ।
साम्राज्ञीले भुनलाई नै आरोप लगाएको पुष्टि नभएपछि मुद्धा खारेज गरिएको हो । 'यो कसैको जीत र हार भन्दा पनि अभिव्यक्ति दिने पक्षले कसैको नाम उल्लेखित नगरेको कारण मानहानी पुष्टि नभएको भनेर मुद्धा खारेज गरेको हो । यसमा मेरा मागदावी पुगेन । तर मैले हचुवामा गलत अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा लानुपर्छ भनेर प्रयास गरेको हुँ,' भुवन केसीले फिल्मी फण्डासँग भने ।