निर्देशकको खुलासा : आत्महत्याको अघिल्लो दिन नम्रताले हप्काएकी थिइन् सारुकलाई

फिल्मी फण्डा । ११ दिन अघि विहान कलाकार सारुक ताम्राकारले आत्महत्या गरेको समाचार बाहिरियो । उक्त घटनाले धेरैलाई आश्चर्यमा पार्यो, अघिल्लो रातसम्म फिल्मको सुटिङ गरिरहेका सारुकले भोलीपल्ट कसरी आत्महत्या गर्न सक्छन् भन्ने प्रश्नहरूले उक्त प्रकरणलाई रहस्यमय बनाउदै गएको छ । झण्डै १० करोडको लागतमा बनिरहेको फिल्म 'ह्यासट्याग माया'को मुख्य कलाकार थिए सारुक, उनि बरिष्ठ फिल्मकर्मी सानु ताम्राकारको एक्लो छोरा थिए । पारिवारिक समस्या, गरीवी या डिप्रेसन लगायतको कुनै समस्या नभएका उनले एक्कासि कसरी आत्महत्या गर्ने निर्णय गरे त ? यस्तै प्रश्न बिच सारुक आत्महत्या प्रकरणलाइ लिएर अर्को तथ्यको खुलासा भएको ।

सारुक आत्महत्याको अघिल्लो दिनसम्म 'ह्यासट्याग माया' नामक फिल्मको सुटिङ गरिरहेका थिए । उक्त फिल्मका निर्देशक राजिव गुरुङले एक अन्तरवार्ता दिदै नयाँकुराको खुलासा गरेका छन् । निर्देशक गुरुङका अनुसार अघिल्लो दिन फिल्मको सुटिङ चलिरहेको थियो । एक रेप सिनको सुटिङ थियो, सिन राम्रो भएकोमा सारुक खुशी थिए, उनले निर्देशक गुरुङसँग यस बिषयमा खुशी पनि ब्यक्त गरेका थिए । उक्त सिन बुढानिलकण्ठ स्थित निर्माण टिमले फिल्मकी नायिका नम्रता श्रेष्ठको लागि भनेर भाडामा लिएको घरमा खिचिएका थियो । उक्त सिन खिचेपछि नम्रता र साहरुख निजि कोठामा छिरेका थिए । केहि समयपछि नम्रता चिच्याई चिच्याई सारुकलाई हप्काउँदै थिइन् । कोठा भित्रबाट लक थियो । कोठा भित्र उनिहरुको आन्तरीक बिषय भएकोले आफुहरुले कुनै दख्खल नदिएको उनले बताए । पछि निर्देशक गुरुङ छतमा जाँदा सारुक टोलाएर कुर्सीमा बसिरहेका थिए । केहि समय अघि सम्म हाँसि हाँसि सुटिङ गरिरहेका सारुक एकाएक टोलाएको देखेर उनले के भयो भनि सोधे, त्यसको जवाफमा सारुकले कुम हल्लाएर ठिक छ भन्ने संकेत गरेका थिए । 

निर्देशक गुरुङ का अनुसार केहि दिन अघि उनि नायक ताम्राकार र नायिका श्रेष्ठ सँग सिन्धुपाल्चोक स्थित एक तन्त्र गुरु कहाँ गएका थिए । त्यहाँ उनीहरुले एक एक बुटी पनि लगाएर आएका थिए, सारुक र नम्रताले उक्त तन्त्र साधना गर्ने ठाउँमा निर्देशक गुरुङलाइ भने जान दिएका थिएनन् । तर उनीहरुले गुरुङलाइ पनि एक बुटी ल्याइदिएका थिए । सारुकले आत्महत्या गरेपछि उनले उक्त बुटी पनि लगाउन छोडेको बताएका छन् । उनले नम्रता र सारुकको सम्बन्धको बारेमा पनि नयाँ खुलासा गरेका छन्, गुरुङका अनुसार सारुक नम्रतालाई विशेष हेरविचार गर्थे, बिरामी पर्दा या नम्रतालाइ केहि चाहिँदा होस्, सारुक सधैं नम्रताको साथमा हुन्थे ।

यता सारुक डिप्रेसनमा रहेका कारण आत्महत्या गरेको चर्चा चलिरहँदा निर्देशक गुरुङले सारुक डिप्रेसनमा रहेको कुरालाई पनि खारेज गरिदिएका छन् । उनको अनुसार सारुक अघिल्लो दिन सम्म खुशी खुशी सुटिङ गरिरहेका थिए, फिल्मको सिन र डायलग हरुमा सारुक उनिसँग छलफल गरिरहेका थिए । हुनत को डिप्रेसनमा छ या छैन त्यो त्यसै भन्न सकिदैन । तर पारिवारिक स्रोत र सारुकको नजिकका साथि सर्कलले उनि डिप्रेसनमा रहेको कुरा सरासर गलत रहेको जानकारी दिएका छन् । 

यता सारुकले आत्महत्या गरे लगत्तै नायिका तथा मिस नेपाल मलिना जोशी र अर्की मिस नेपाल सृष्टि श्रेष्ठले छानविन गर्न माग गरेका छन् । उनीहरुले आत्महत्याको सत्यतथ्य छानविन गर्न माग गरी इन्स्टाग्राममा पोस्ट राखेका थिए ।  उक्त पोस्टको कमेन्टमा धेरैले नायिका नम्रता श्रेष्ठको नाम उल्लेख गरेपछि उनीहरुले कमेन्ट सेक्सन अफ गरेका छन् । त्यस माथि पनि कुनै यथेष्ट प्रमाण विना कसैलाई कुनै पनि घटनाको जिम्मेवार ठहराउनु कानुनी रुपमा गलत हो । तर नम्रता र सारुक केहि बर्ष देखि नजिक रहेकोले नम्रता माथि पनि छानविन गर्नु पर्ने मागहरु उठ्न थालेका छन् । 

आज सारुकले आत्महत्या गरेको ११ दिन भएको छ, सारुकले के कारणले आत्महत्या गरे भनेर बुझ्न प्रहरीले छानबिन सुरु गरेको छ, तर साहरूखको परिवारले कुनै पनि व्यक्ति माथि किटानी जाहेरी नदिएको कारण प्रहरीले सारुकको मोवाइलको सम्पर्क डिटेल बाट छानविन सुरु गरेको हो । यसै बिच नायिका नम्रता श्रेष्ठले विदेश भ्रमण गर्न लागेको खबरहरु पनि चर्चामा आइरहेको छ । नम्रताले अहिले विदेश भ्रमण नगरी सारुकको आत्महत्या प्रकरणमा प्रहरीलाई छानबिनमा साथ दिनु पर्ने आवाजहरू पनि उठ्न थालेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech