आर्टमान्डूले फिल्म ‘ऊनको स्वीटर’ बनाउने (गीतसहित)

फिल्मी फण्डा । आर्टमान्डूले फिल्म 'ऊनको स्वीटर' निर्माण गर्ने घोषणा गरेको छ । साँगीतिक यात्रामा अघि बढिरहेको आर्टमान्डुले 'ऊनको स्वीटर'मार्फत नेपाली फिल्मको यात्रा तय गर्न लागेको हो । यस अघि निकै चर्चामा रहेका गीत र गीति नाटकहरु आर्टमान्डुले निर्माण गरिसकेको छ । यस्तै केही समय अगाडी 'चोरको स्वर' नामक नाटक समेत आर्टमान्डुले मञ्चन गरेको थियो । 

unako switer.jpg

फिल्म घोषणामा नयाँ शैली अपनाएको आर्टमान्डूले फिल्मको शिर्षगीतबाट कार्यक्रमको औपचारिक शुरुवात गरेका थिए । कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले फिल्मको घोषणामा शीर्ष कलाकार र टिम पनि सार्वजनिक गर्यो। 

फिल्मको शीर्ष भूमिकामा विपिन कार्की र मिरुना मगर छन् ।  ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो। फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन्। नवीनले आर्टमाण्डूमार्फत् ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन्। 

‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। घोषणा आज गर्न पाउँदा खुसी छु। ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,’ निर्देशक चौहानले भने।

फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन्। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ। फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्। ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ।
टाइटल गीत :

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech