फिल्मी फण्डा । बलिउड स्टार संजय दत्तले पनि गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । जारी एक भिडियो सन्देशमा अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएको एक दिनपछि अभिनेता दत्तको भिडियो आएको हो । स्मिताकी आमा समेत रहेकी गंगा दाहालले सामाजिक संजालमार्फत दत्तको भिडियो सार्वजनिक गरेकी छन् ।
मंसिर २१ गते गायिका दाहाल र उनका प्रेमी सायुज्य श्रेष्ठले लगनगाँठो कसेका थिए ।