फिल्मी फण्डा । भारती फिल्म उद्योगका सबैभन्दा सफल तथा महंगा निर्देशक एसएस राजमौली र तेलुगु फिल्म उद्योगका सबैभन्दा सफल सुपरस्टार महेश बावु पहिलोपल्ट एकसाथ काम गर्दै छन् । अहिले राजमैली उक्त फिल्मको प्रि प्रोडक्सनको काममा ब्यस्त छन् । महेश बाबु तेलुगु फिल्मका अर्का स्टार निर्देशक त्रि विक्रम श्रीनिवास को निर्देशनमा बन्दै गरेको फिल्म गुन्टुर कारममा व्यस्त रहेका छन् । उनले उक्त फिल्मको सुटिङ पछि सिधै राजमौली को फिल्ममा काम गर्नेछन् । जंगल एड्भेन्चरमा आधारित हुने भनिएको उक्त फिल्मको अहिलेसम्म टाइटल भने सार्वजनिक गरीएको छैन । स्रोतका अनुसार महेश बावु को जन्मदिन आगामी अगस्ट ९ तारिख मा फिल्मको टाइटल र पोस्टर सार्वजनिक हुने छ ।
भारतीय सञ्चार माध्यमका अनुसार महेश र राजमौलीको फिल्म एक हजार करोडको लागतमा निर्माण हुदै छ । राजमैलीको पछिल्लो फिल्म आरआरआर ले हलिउडमा समेत राम्रो प्रभाव पारेको थियो । आरआरआरकै कारण राजमैलीको आगामी फिल्मले हलिउडमा समेत राम्रो ब्यापार गर्ने सम्भावना छ । उता आरआरआरले जापानमा समेत १३० करोड भारुको कलेक्सन गर्दै नयाँ किर्तिमान स्थापित गरेपछि राजमैलीको ग्लोबल मार्केट भ्यालु ह्वात्तै बढेको छ । त्यसैले पनि उनको फिल्मलाई अब लगानी उठाउन त्यति संघर्ष गर्नु पर्ने छैन । उता सुपरस्टार महेश बावुको स्टारडमको कारण फिल्मले भारतीय बक्स अफिसमा तहल्का मच्चाउनेमा निर्माण टिम ढुक्क छ । किनकि महेशको उत्तर भारतीय फ्यान हरु उनलाई हिन्दी भाषी फिल्ममा हेर्न आतुर छन्, महेश भन्दा जुनियर स्टारहरूले हिन्दी मार्केटमा समेत आफुलाई स्थापित गरिसक्दा महेश भने तुलुगु फिल्ममै व्यस्त छन् । महेश जो पाए त्यहि निर्देशक सँग हिन्दी मार्केटमा छिर्न चाहँदैनन्, त्यसैले उनले ठुला ठुला निर्देशकको ड्रिम प्रोजेक्टहरु रिजेक्ट गरी राजमौलीको फिल्मको लागि तयारी गर्दै छन् । महेशको अमेरिका लगायत देशमा पनि बलियो स्टारडम रहेकोले फिल्मलाई विश्वव्यापी हिट हुन सहज देखिन्छ ।