सडक दुर्घटनामा परेर कमेडियन हिक्मत महराको निधन

फिल्मी फण्डा ।  कमेडियन हिक्मत महराको निधन भएको छ । महराको सडक दुर्घटनाका कारण निधन भएको हो । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेका हुन् । उनको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनमा निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका छन् । 

‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech