फिल्मी फण्डा । १८ बर्ष अघि प्रदर्शन भएको फिल्म 'कर्तव्य'को हिट गीत 'बादल बर्षा बिजुली' बोलको गीत पुन एकपटक चर्चामा आयो । टिकटक प्रयोगबर्ताले गीतको हिट लाइनमा भिडियो बनाएपछि उक्त गीत ट्रेडिङ मा आएको थियो । नायक दिलिप रायमाझि र सज्जा मैनालीको नृत्य रहेको पुरानो गीत एकाएक बजारमा चर्चित भएपछि गायक आनन्द कार्कीले गीतलाई रिमेक गर्ने सोच बनाए । अन्तत रि एरेन्ज र रि मास्टरीङ गरेर उक्त गीत पुरानै गायक गायिकाको स्वरमा रेकर्ड भई बजारमा सार्वजनिक गरीएको छ ।
आज काठमाण्डौंको एक हलमा विशेष कार्यक्रममा आयोजना गर्दै गीत सार्वजनिक गरीएको थियो । कार्यक्रममा गीत सँग जोडिएका पुराना सबै कलाकारहरु उपस्थित थिए । सुब्रत राज आचार्यको निर्देशनमा बनेको उक्त गीतको सुरुवाती दृश्यहरु सुरपरहिट हिन्दी गीत टिप टिप बर्षा पानीको नयाँ संस्करण सँग मिल्दो जुल्दो छ । हिन्दी फिल्म सुर्यवंशीमा समावेश उक्त गीत आफैमा २८ बर्ष पुरानो गीतको रिमेक भर्सन थियो । बलिउड स्टार अक्षय कुमार र कट्रिना कैफले अभिनय गरेको उक्त गीतको सुरुवाती अधिकांश दृश्य सँग बादल बर्षा बिजुलीको दृश्यहरु मिल्छन् ।
कतिसम्म भने कट्रिना कैफैको ब्याक सटबाट लिइएको दृश्य र कविता नेपाली को ब्याक सट बाट लिइएको दृश्य हुबहु मिल्छ, साथै टिपटिप बर्षा पानीको ब्याक राउण्ड सँग मिल्दोजुल्दो ब्याक राउण्डमै उक्त गीतको सुटिङ गरीएको छ, जबकि अरु कुनै ब्याकराण्डमा पनि उक्त गीत खिच्न सकिन्थ्यो । उता कविताले पुरै गीतमा कट्रिनाले झैं सारी लगाएर नाचेकी छिन् । उनको सुरुवाती केहि स्टेप हरु पनि कट्रिनाको स्टेप सँग मिल्न जान्छ ।
गायक आनन्द कार्की र प्रश्ना शाक्यको स्वर रहेको गीतको संगीत भने सचिन सिंहको रहेको छ । करुन थापाको शब्द रहेको गीतलाई उदयराज पौडेलले रि एरेन्जमेन्ट गरेका हुन् । सुब्रत राज आचार्यको निर्देशन रहेको भिडियोमा प्रविन सिंहको कोरियोग्राफि रहेको छ । भिडियोमा कबिता नेपाली र बिजु पार्कीको नृत्य रहेको छ ।