फिल्मी फण्डा । बलिउड सुपरस्टार आमिर खान ‘लगान’ र ‘थ्री इडियट्स’सहित भारतका केहि लोकप्रिय फिल्मका लागि परिचित छन् । स्टारको रुपमा उनको अपिलिङ यति भव्य छ कि बाटोमा हिँड्दा पनि फ्यानको भीड नपारिकन हिँड्न सक्दैनन् ।
उनीबारे कम चर्चा भएको कुरा के हो भने प्रियजनसँग समय बिताउने भन्दै उनले कोभिड महामारीको समयमा गोप्यरुपमा फिल्म उद्योग छाडे ।
‘मैले आफ्नो परिवारलाई फिल्म र अभिनयमा धेरै काम गरिसकेको बताएको छु । मैले निर्माण, निर्देशन र अभिनय गर्न चाहन्नथेँ । म केवल परिवारसँग मात्र बस्न चाहन्थेँ ।’
भारतजस्तो फिल्मलाई पछ्याउने समाजमा खानजस्ता ठूला स्टारले फिल्म उद्योग छाड्ने निर्णयले कस्तो स्तब्ध पार्ने सन्देश प्रवाह गर्ला भन्ने बारेमा तपाईं कल्पना मात्र गर्न सक्नुहुन्छ ।
उनको यो निर्णयलाई त्यतिबेला बेवास्ता गरियो किनभने महामारीको कारण न्यून संख्यामा मात्र फिल्म बनिरहेका थिए ।
‘यसबारे कसैलाई थाहा थिएन’ उनले भने । यद्यपि, प्रशंसकले राहतको सास फेर्न सक्छन् ।
खानले लामो समयसम्म फिल्म छाडेनन् । उनी काममा फर्किएका छन् र आफैले निर्माण गरेको फिल्म ‘लापता लेडिज’को प्रवर्धनमा ब्यस्त छन् । यो फिल्म अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भारतबाट सिफारिस भएको फिल्म हो ।
खान भन्छन् कि उनका छोराछोरीले नै उनलाई काममा फर्किन मनाएका थिए ।