फिल्मी फण्डा । यहि पौष १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘देववाणी’ यतिबेला चर्चामा छ। निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर र दुई गित सार्वजनिक भएसँगै फिल्म चर्चामा आएको हो ।
फिल्मको टिजरमा नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ। टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ। टिजरमा फिल्मका कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ।त्यस्तै फिल्मको दुवै गितले चर्चा बुटलिरहेको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन्। फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ।
नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन छ ।