फाईटरदेखि फिल्मको निर्देशकीय यात्रामा अभिनेता प्रभु श्रेष्ठ

फिल्मी फण्डा । अभिनेता प्रभु श्रेष्ठले अब फिल्म निर्देशन गर्ने भएका छन् । लामो समय सिंगापुर आर्मीको रुपमा काम गरेका उनी नेपाल फर्केसँगै विभिन्न फिल्ममा अभिनय गरिरहेका छन् । पछिल्लो समय फुर्सदिला भएका श्रेष्ठले आफ्नै होम प्रोडक्शनमा फिल्म कालो सुन (ब्ल्याक गोल्ड) निर्देशन गर्न लागेका हुन् ।
प्रभुलक्ष्मी ईन्टरटेन्मेन्ट एण्ड क्रियटिभ कम्पनी बाट निर्माणको तयारी रहेको ‘कालो सुन’ लाई अभिनेता श्रेष्ठले आफ्नो ड्रीम प्रोजेक्ट बताइएको छ । सिंगापुर, अष्ट्रेलिया र अमेरिकामा रहेका साथीहरुसँग मिलेर प्रभु श्रेष्ठले कालो सुन निर्माण गर्न लागेका हुन् ।

prabhu-rajesh hamal.webp

पाँच जना साथीहरु चाइनाको सिमानामा ट्रेकिङमा जाँदै गर्दा भेटिएको कालो सुन लाई मुख्य बिषय बस्तु बनाएर निर्माण हुन लागेको ‘कालो सुन‘ एक साहसीक एक्सन थ्रीलर जनरामा निर्माण हुने श्रेष्ठले बताएका छन् । कालो सुनमा महानायक राजेश हमालको विशेष भुमिका रहने र नेपाल र अमेरिकाबाट कलाकारहरु समावेश हुने पनि श्रेष्ठले बताए ।

prabu 4.jpg

चञ्चले स्वभाबका श्रेष्ठ फिल्ममा अभिनय गर्न चाहन्थे । तर समय परिस्थितीले प्रभु श्रेष्ठ लाई सिङ्गापुरको लाहुरे हुन वाध्य बनायो । अग्ला कद, गोरो ह्यान्डसम अनी क्युसिन कराँते खेलाडी प्रभु श्रेष्ठ धरान स्थित महेन्द्र बहुमुखी क्यामपस बि ए पढ्दै गर्दा २०५२ साल तिर फाइट डाइरेक्टर एन वी महर्जनले फिल्ममा फाईटरको भूमिका गर्न झापाको बुधबारेमा छायांकन भैरहेको ‘आफ्नो बिरानो’ फिल्म को सेटमा पुर्याए । त्यहाँ पुग्दा फाइट डाइरेक्टरको नजरमा परेका श्रेष्ठले सोचे भन्दा धेरै राम्रो काम देखाए । उनको कामबाट फाइट डाइरेक्टर महर्जन निकै प्रभावित भए । फाइट डाइरेक्टरले फिल्ममा भविस्य छ भने पछी क्यामेरा अगाडि आउने रहर जागेको श्रेष्ठले बताए । 

आफ्नो बिरानो मा काम गरेपछी फिल्म चण्डालमा प्रभुलाई मुख्य अभिनेतामा अफर आयो । तर अन्तिम समयमा आएर उनलाई निर्माताले २ लाख मागे पछी पैसा तिर्न अस्विकार भएसी उनले अभिनेता बन्ने सपना छोडिदिएको बताउँछन् । त्यसपछि उनी सिङगापुर पुलिसमा भर्ती भए ।

prabhu 1.webp

फुर्सद र विदामा नेपाल आउँदा उनी फाईटर मै काम गरिरहेका थिए । त्यो बेला फिल्मको एक सिनमा फाइट गरेवापत एक हजार पाउने गर्थे । नेपाल छुट्टीमा आएको बेला उनले  ‘यस्तै हुन्छ पिरती, म बिर्सु कसरी, संगममा फाईटरको रुपमा काम गरे । आँफ्नै कथा रहेको पार्सलमा उनी अभिनेताका रुपमा मुख्य भूमिकामा रहे । बरिष्ठ अभिनेता शिव श्रेष्ठले निर्माण गरेको एउटा यस्तो प्रेम कहानीमा उनले निगेटिभ रोलमा काम गरे । फिल्म संगसंगै आफ्नै स्वर, संगीत र शब्दमा छुट्टी छोटो छ, बिदेसी माया र जीवन साथी म्युजिक भिडियोमा पनि उनले काम गरिसकेको श्रेष्ठले सुनाए ।

प्रभुका परिवार सबै लाहुरेमा भएकै कारण उनी पनि लाहुरे बनेका हुन् । लाहुरे भएपनी नेपाली फिल्म प्रतीको मोहले उनलाई छोडेको थिएन । फुर्सदमा नेपालमा आएर फिल्ममा काम गर्ने र अरु समयमा फिल्म निर्माण र निर्देशन को लागी उनले तयारी गरिरहेका थिए । उनले नृत्य निर्देशक गोविन्द राईसँग लामो समय नृत्य सिके । नेपाल आउँदा समय अनुसार उनले फिल्ममा सानोतिनो भूमिका निभाइरहे । 

prabhu-gobinda.jpg

आफै फिल्म बनाउने र निर्देशन गर्ने सोच बनाएका उनले फिल्म ‘पार्सल’ निर्माण गरे । फिल्मको कथा समेत उनैको थियो । पार्सलमा प्रभु मुख्य भूमिकामा रहे । रोशनी फिल्म प्रोडक्सनको व्यानरमा निर्माण गरेको ‘पार्सल’ लाई रविन श्रेष्ठले निर्देशन गरेका थिए । फिल्ममा प्रभु संगै किशोर खतिवडा, निता ढुङ्गाना, किशोर सम्वाहाम्पफे,  प्रेम सुब्बा, मनोज शाक्य लगयातको अभिनय रहेको थियो । फिल्मले बक्स अफिसमा सन्तोष जनक व्यापार ग¥यो । श्रेष्ठले पनि दर्शकबाट धेरै राम्रो प्रसंशा पाए ।

प्रभु श्रेष्ठ यतिबेला आफ्नो ड्युटी सिङगापुरे पुलिसबाट चिफ इन्स्पेक्टर को पोस्टमा रिटाएर भैसकेकाछन । उनी सिंगापुरमा सिपाही तहबाट अफिसर तहसम्म पुग्न सफल भए । श्रेष्ठ अहिले चिफ इन्स्पेक्टर मात्र नभएर एक कुशल खेलाडी पनि हुन । उनी दुई पटक सिङ्गापुर क्युसिन कराँते च्याम्पियन, अल मार्सल आर्ट च्याम्पियन, सिङापुरको प्रतिनिधित्व गरेर जापानमा भएको सातौं विश्वा क्युसिन कराँते च्याम्पिएन र फिलिपिन्समा भएको आठौं एसिया क्युसिन कराँते च्याम्पियन र अष्ट्रेलियामा सम्पन्न मनिला आराफुरा बक्सिङमा सहभागी भएर पदक जितेका छन् ।

हाल ४६ बर्षे प्रभुको रिटायर लाइफमा उनी नेपाली फिल्म क्षेत्रमा केही योगदान दिने सोचमा छन् ।  अहिले को नेपाली फिल्म बजार पहिलेको जस्तो छैन, पहिलेको जस्तो कलाकारको महत्व त्यती छैन तर पनि दर्शकलाई केही नयाँ दिन सके फेरी पनि नेपाली फिल्म चल्नेमा श्रेष्ठ ढुक्क छन् । अबको बाँकी समय फिल्म क्षेत्रमा बिताउने लक्ष्यसहित उनी फिल्म निर्देशनको यात्रामा अघि बढ्न लागेका हुन् । 

अगामी दिनमा निर्माणको तयारी रहेको कालो सुन (ब्ल्याक गोल्ड)का लागि उनले अमेरिकी एक कलाकारसँग समेत निर्माणमा सहकार्य गर्र्र्र्र्र्र्र्र्र्न लागेको बताएका छन् । कालो सुन पछि लगातार नेपाली फिल्म निर्माण गर्ने र विभिन्न भाषामा सिंगापुर, अष्ट्रेलिया र अमेरिकाको साथै विभिन्न देशमा प्रर्दशन गर्ने तयारीका साथ निरन्तर फिल्म निर्माण गरिने पनि उनले बताए ।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech