फिल्मको पोस्टर टाँसेको भन्दै ५० हजार जरिवाना तिरायो महानगरले

फिल्मी फण्डा । काठमाण्डौं महानगरपालीकाले फिल्मको पोष्टर टाँसेको भन्दै प्रदर्शनरत नेपाली फिल्म 'बगान'को निर्मातालाई  जरिवाना तिराएको छ । महानगरले महागरपालिका क्षेत्रभित्र जथाभावी पोस्टर नटाँस्न यस अघिनै आग्रह गरेको थियो । तर महानगरको नियम विपरित फिल्मको पोष्टर टाँसेको भन्दै नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाईलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना तिराएको हो ।

फिल्मको पोष्टर टाँसेर दृश्य प्रदुषण तथा फोहोर मैला प्रदुषण गरेको भन्दै महानगरपालिकाले जरिवाना तिराएको हो । मेयर बालेनले यस अघि पनि महानगरका हल व्यवसायि लाई समयमा कर नतिरेको भन्दै समयमा तिर्न ताकेता गरीसकेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech