हनुमानढोका परिसरमा फिल्म सुटिङ गर्न शुल्क तिर्नुपर्ने महानगरको नियम

फिल्मी फण्डा ।  काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरमा सुटिङ गर्न शुल्क तिर्नुपर्ने नियम लागु गरेको छ । अब देखि हनुमानढोका परिसरमा फिल्मको सुटिङ गर्दा प्रतिदिन ५५ हजार रुपैयाँ तिर्नुपर्ने छ, साथै सर्ट फिल्म, डकुमेन्ट्रीको भिडियो खिच्नु छ भने प्रतिदिन २५ हजार रुपैयाँ तिर्नुपर्ने छ भने विज्ञापन भिडियो भए प्रतिदिन ६० हजार रुपैयाँ तिर्नुपर्ने छ । तर यि सबै शुल्क विदेशी फिल्मको हकमा मात्रै हो । 

स्वदेशीको हकमा भने फिल्मको लागि प्रतिदिन २० हजार रुपैयाँ, सर्ट फिल्मले र म्युजिक भिडियोले १० हजार रुपैयाँ तिर्नुपर्ने छ । विदेशी फिल्मको तुलनामा नेपाली फिल्मलाई धेरै कम शुल्कमा सुटिङ गर्न दिइएको छ । जसले गर्दा नेपाली मेकर हरुलाई राहात पुग्ने निश्चित छ ।

हनुमानढोका परिसरमा यस अघि देखिनै विभिन्न नेपाली तथा विदेशी फिल्म, डकुमेन्ट्री, विज्ञापन लगायत भिडियो सुटिङ हुदै आइरहेको छ, जसले गर्दा उक्त क्षेत्रमा भिडभाड धेरै हुने साथै सांस्कृतिक सम्पदाको संरक्षणमा कठिनाई आउने लगायतको समस्याहरु देखा पर्दै आएका थिए । पछिल्लो नियमले सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत पुग्ने विश्वास गरीएको छ । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech