प्रियंका कार्की अभिनित 'दिलमा चुकुलु' म्युजिक भिडियो सार्वजनिक

फिल्मी फण्डा । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको नयाँ गीत "दिलमा चुकुलु" को म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित संगीतकार दीपक शर्माको शब्द र संगीत रहेको यस गीतको एरेञ्ज साहस शाक्यले गरेका छन्। भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।

भिडियोमा मेल मोडेलको रूपमा बिनोद न्यौपानेले अभिनय गरेका छन्। अजय रेग्मीको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई ओएसआर डिजिटलको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायिका नम्रताको यसअघि "ओई सानी""नगर शंका" जस्ता गीतहरू दर्शकहरूको अत्यधिक रुचिमा परेका थिए।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech