फिल्मी फण्डा । नेपाली सांगीतिक क्षेत्रमा नयाँ चेहरा बिरेष्ठ को नाम धेरैलाई पहिल्यै परिचित नहुन सक्छ, तर जसले पनि उनका कला र प्रतिभा देखेका छन्, उनीहरूको लागि यो अनुहार भने परिपक्क र प्रभावकारी छ। बिरेष्ठ केवल पुस्ता सुहाउँदो श्रृजनामा मात्र ध्यान केन्द्रित छैनन्, उनी संगीत भिडियोको वास्तविकता र परिष्कृत कथाबद्धता प्रस्तुत गर्नमा पनि माहिर मानिन्छन्। नाटकीय परिकल्पनाको सट्टा, मानिसको दैनिक जीवन र वास्तविक अभ्यासलाई गीतको भिडियोमा उतार्दा उनीसँग जोडिएका दर्शकको संख्या वृद्धि भइरहेको छ।
उनकै आवाज र संगीतमा आधारित ‘जादुगर’ नामक गीत हालै डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको थियो। यस गीतको भिडियो र संगीतलाई दर्शक र श्रोताले अत्यधिक रुचाएका छन्। केही दिन मात्र अगाडि सार्वजनिक भएको उक्त गीतको भिडियोमा दैनिक रूपमा दर्शकहरूको संख्या बढिरहेको छ, र यसले राम्रो प्रतिक्रियासमेत प्राप्त गरेको छ।