प्रकाश सपुत 'दमाई महाराज' बन्दै

फिल्मी फण्डा । स्टार म्युजिसियन प्रकाश सपुत सामान्य भन्दा फरक संगीत, गीत र मेकिङको कारण सधैं दर्शकको चासो र चर्चा को केन्द्रमा रहँदै आएका छन् । उनै प्रकाश अब 'दमाइ महाराज' बोलको गीत लिएर दर्शकमाझ आउँदै छन् । फेसबुकमा गीतको पोस्टर सार्वजनिक गर्दै सपुत ले उक्त जानकारी दिएका हुन् । भोली ५ गते शुक्रबार सार्वजनिक हुने गीतले दर्शकको मन भुलाउने र विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने सपुतको अपेक्षा रहेको छ । 

गलबन्दी, बोल माया, सकम्बरी लगायत सुपर हिट म्युजिक भिडियोमा स्वर, संगीत भरेर अभिनय समेत गरेका प्रकाश कहिलेकाहिँ गीतको बोल र गीतले दिने सन्देशको कारण विवादमा आइरहन्छन् । उनको यस गीतको टाइटल पनि विवादमा आउने सम्भावना छ । अब उनले पुराना भिडियोमा जस्तै दर्शकको साथ र माया पाउँछन् या कन्ट्रोभर्सीमा फस्छन् त्यो त गीत रिलिज भएपछि नै थाहा होला । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech