फिल्मी फण्डा । आर्थिक बर्ष ०७९।०८० मा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास वोर्ड ले ०७९ को साउन १ देखि ०८०को असार मसान्त सम्म प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्मको बक्स अफिस नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको आँकडा अनुसार गत आर्थिक बर्षमा नेपाली ५७ र विदेशी ७९ फिल्म प्रदर्शन भएका थिए । ति सबै फिल्मको कुल कमाई १,५६,१५,६१,७४९ रहेको छ । जसमा नेपाली फिल्मले मात्रै जम्मा ७६,७२,५७,००१ ४९१३ प्रतिशत कमाइ गरेको छ भने विदेशी फिल्मले ७९,४३,०४,७४८ ५०८७ प्रतिशत कमाइ गरेको छ ।
सबैभन्दा धेरै कमाउने नेपाली फिल्म ‘छक्का पञ्जा ४’ले १७ करोड ५२ लाख ९९ हजार एक सय उनन्साठी रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने सबैभन्दा कम कमाउने फिल्म ‘सिवानी’ले मात्र ५२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उता सबैभन्दा धेरै कमाउने विदेशी फिल्ममा पठान अग्रस्थानमा रहेको छ । पठानले नेपालमा १३ करोड २८ लाख ८ सय १० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । भने सबैभन्दा कम रिस्तों का बटवारले २१६० रुपैंया ग्रस कलेक्सन गरेको छ ।
हेर्नुहोस् सबैभन्दा धेरै कमाउने विदेशी फिल्महरूको लिस्ट
पठान १३ करोड २८ लाख ८ सय १० रुपैयाँ
अवतारः द वे अफ वाटर ८ करोड ३० लाख
ब्रम्हास्त्र ४ करोड ४७ लाख
दृष्यम २ ३ करोड ४७ लाख
उचाईंले २ करोड ९४ लाख
कान्तारा २ करोड ४७ लाख
‘किसी कि भाइ किसी की जान २ करोड २८ लाख
यसरी हेर्दा नेपाली बक्स अफिसमा नेपाली नभई विदेशी फिल्मले कब्जा जमाउँदै गएको स्पष्ट बुझ्न सकिन्छ । यस बर्ष त झन् विदेशी फिल्मको कमाइ अझै तिब्र रुपमा बढ्ने सम्भावना छ । किनकि गत आर्थिक बर्ष ०७९।०८० का अधिकांश फिल्महरूले बक्स अफिसमा खराब प्रदर्शन गरेका थिए भने ठुला र निकै कम फिल्महरूले मात्रै राम्रो प्रदर्शन गरेका थिए, तर पनि विदेशी फिल्मले बक्स अफिसमा नेपाली फिल्मलाई उछिनेका छन् । यसको मतलब यदि विदेशी फिल्मले राम्रो प्रदर्शन गरेको खण्डमा ब्यापार को अनुपात अझै बढ्ने देखिन्छ । यता नेपाली फिमले सधैं जस्तो निराशा जनक ब्यापार गरेको छ । आफ्नै मार्केटमा विदेशी फिल्मको चेपुवामा परेको नेपाली फिल्मले पछिल्लो ३ महिनामा एउटा पनि औसत फिल्म दिन सकेको छैन ।


