गायक रूपक डोटेल र अनिश पाण्डेको नयाँ गीत 'तिमी छौ र पो म छुु' सार्वजनिक

फिल्मी फण्डा । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वरमा नयाँ गीत 'तिमी छौ र पो म छुु'  सार्वजनिक गरिएको छ। शब्द र संगीत गायक पाण्डेकै रहेको यो गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका छन्। गीतको रेकर्डिङ लन्डनको स्ट्यानवेल स्टुडियोमा इञ्जिनियर मदन रेन म्याडीले गरेका हुन्।

यस गीतमा प्रेमीले प्रेमीकाप्रति आफ्नो भावनालाई व्यक्त गरेका छन्। गीतको भिडियोमा मोडल निशु पौडेलको अभिनय देख्न सकिन्छ, जसका साथै गायक पाण्डे र डोटेल पनि उपस्थित छन्।

यो आकर्षक भिडियो यूकेका रमणीय स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टरका विभिन्न लोकेसनमा खिचिएको हो, जसको छायांकन र निर्देशन सुमन श्रेष्ठले गरेका हुन्। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्।

लण्डन निवासी मोडल निशु पौडेल फार्मेसिष्ट हुन्, र रूपक डोटेल प्रसादु फिल्मको चर्चित बनकी चरी।।।गीतका गायक हुन्। गायक अनिश पाण्डेले अञ्जु पन्त लगायतका चर्चित गायक र गायिकासँग सहकार्य गर्दै सुस्टारीु जस्ता थुप्रै हिट गीतहरु ल्याइसकेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech