फिल्मी फण्डा । बहुप्रतिक्षित हिन्दी फिल्म प्रोजेक्ट के को अफिसियल टाइटल सार्वजनिक भएको छ । रातको २ बजे निर्माण टिमले अमेरिकामा एक भब्य सोको आयोजना गर्दै फिल्मको टाइटल टिजर सार्वजनिक गरेका हुन् । फिल्मको टाइटल प्रोजेक्ट 'के' अर्थात् 'काल्कि २८९८ एडि' रहेको छ । सन् २८९८ अर्थात् आजभन्दा ८७५ साल पछिको कहानीमा आधारित हुने भएको ले फिल्मको पुरा नाम 'काल्कि २८९८ एडि' राखिएको हो ।
फिल्ममा प्रभास र दीपिकाको मात्रै अनुहार देखाइएको छ, अमिताभ बच्चनलाई छोटो मास्क लगाएको लुक्स देखिएपनि पुरै अनुहार देखाइएको छैन । कमल हसन र दिशा पटानीलाई भने टिजरमा देखाइएको छैन । टिजरमा देखाइए अनुसार फिल्ममा कालो अर्थात् नकारात्मक शक्तिले कब्जा जमाउँदै गएको अवस्थामा सत्यको पक्षमा लाग्ने सकरात्मक शक्तिको उदय हुने भनिएको छ । फिल्म रोबोट र मानिस बिचको लडाई मा आधारित हुने सम्भावना रहेको छ ।
चालासनी अश्विन दत्तको निर्माण रहेको फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास, दीपिका, अमिताभ बच्चन र कमल हसनको अलावा राना धग्गुबति र दिसा पटानी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।