चलचित्र 'मायावी' को गीत 'टलटल टल्कियो' सार्वजनिक

फिल्मी फण्डा । निर्देशक दिवाकर भट्टराईको फिल्म 'मायावी' को नयाँ गीत 'टलटल टल्कियो' सार्वजनिक भएको छ। यो गीतमा एसडी योगी र रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् भने संगीत एसडी योगीकै सिर्जना हो। भिडियोलाई कविराज गहतराजले इन्गेजमेन्टको परिवेशमा कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा मुख्य कलाकारहरू पल शाह, दीपिका प्रसाईँ, करिष्मा श्रेष्ठ, र समिम खान देखिएका छन्। भिडियो र गीतले फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सङ्केत गरेको छ। विशेषगरी, 'हातैमा रै'गो तानेको एकका अर्कैलाई परेछ पिरिमको ठेक्का' भन्ने शब्दले प्रेम र सम्बन्धका जटिलता झल्काउँछ।

भिडियोमा अभिनेत्री दीपिका प्रसाईँ गर्भवती अवस्थामा देखिएकी छन्, जसले भिडियोलाई थप यथार्थपरक बनाएको छ। गीतले फिल्मको विषयवस्तुमा रुचि जगाउँदै दर्शकलाई फिल्मप्रति उत्सुक बनाएको छ।

'मायावी' को कथा र पटकथा स्वयं निर्देशक दिवाकर भट्टराईले लेखेका हुन्। फिल्मका निर्माता धुर्वा न्यौपाने, राज कटुवाल, र चन्द्र पन्त हुन्। यो फिल्म महाशिवरात्रिको अवसरमा फागुन १४ गते प्रदर्शनमा आउने तयारीमा छ।

यस गीतले दर्शकलाई फिल्मप्रति थप आकर्षित बनाउन सक्ने अपेक्षा गरिएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech