फिल्मी फण्डा । लभ र रोमान्सलाई प्राथमिकता दिइएको फिल्म 'जुलेबी'को टिजर सार्वजनिक गरीएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा युवा बर्गमा रहेको प्रेम र यौनको चाहनालाई देखाइएको छ ।
फिल्ममा निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, सुरक्षा पन्त, पुष्कर कार्की, उषा रजक, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। फिल्म जुलेबी एन्थोलोजी जनरामा निर्माण भएको बताइएको छ ।
आभा शर्मा नेपालको निर्माण गणेशदेव पाण्डेले निर्देशन रहेको फिल्म फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । फिल्ममा विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको छ । फिल्म जुलेबी को वितरण उपत्यका बाहिर डिसीएन र उपत्यकामा रिच इन्टरटेन्मेन्ट गर्दै छन् ।