सारंग फिल्मको नयाँ गीत 'तिमी नै हो' सार्वजनिक, बालमनोविज्ञान र परिवारको कथा प्रस्तुत

फिल्मी फण्डा । आगामी माघ २५ गतेबाट रिलीजको तयारीमा रहेको चलचित्र 'सारंग' को नयाँ गीत 'तिमी नै हो' सार्वजनिक गरिएको छ। यस गीतमा बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ। गीतलाई देवेन्द्र बरालले गाएका छन्, र शब्द सुमन सिंगलले लेखेका हुन्। संगीत शंकर थापा स्माइलको छ, भने कोरियोग्राफी सुष्मा राईले गरेकी छन्।

केही दिनअघि सार्वजनिक फिल्मको टिजरले दर्शकमाझ तारिफ प्राप्त गरेको बेला 'फ्रेन्ड सङ' को रूपमा नयाँ गीत ल्याइएको हो। यस फिल्ममा प्रमुख भूमिकामा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी र प्रभात श्रेष्ठका साथै बालकलाकार आदित्य कार्की र सम्राट थापा छन्।

फिल्मको कथा बाल मनोविज्ञान, बालअधिकार, र धनी–गरिब परिवार बीचको यथार्थ कथामा आधारित रहेको बताइएको छ। फिल्मको निर्देशन, लेखन र निर्माण प्रशान्त तामाङले गरेका छन्, भने निर्माताहरू प्रेम तामाङ र फूलमाया तामाङ हुन्।

फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका छन् र फिल्म दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो फिल्म देशभर स्टेशन ५ द्वारा वितरण हुनेछ।

 
 
 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech