'होस्टेल ३' को पहिलो गीत 'टिक टिक टिक' सार्वजनिक: कलेज जीवनका रंगीन पल

फिल्मी फण्डा । अगामी फागुन २३ बाट  प्रदर्शनको तयारीमा रहेको चलचित्र  'होस्टेल ३' को पहिलो गीत 'टिक टिक टिक' सार्वजनिक गरिएको छ। यो गीतको भिडियोमा फिल्मका सबै कलाकारहरूको नृत्य देख्न सकिन्छ। गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छन् भने सन्तोष राणाले र्यापमा साथ दिएका छन्। गीतले कलेज जीवनको उतारचढाव र रमाइलोलाई प्रस्तुत गर्छ।

गीतको भिडियोमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली लगायतका कलाकारहरूको नृत्य देख्न सकिन्छ। प्रविण सिंहले कोरियोग्राफी गरेका हुन्।

सशान कँडेलको निर्देशनमा बनेको यस फिल्ममा सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारीको लगानी रहेको छ। शंकर अधिकारी कार्यकारी निर्माता हुन्। फिल्ममा माधव शर्माले कथा लेखेका छन्। फिल्मले कलेज जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा भन्छ।

फिल्ममा अर्जुन तिवारीको डीओपी, बुद्ध थापा र मनोज खत्रीको छायांकन, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रविण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, र हिमाल केसीको एक्शन निर्देशन रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech