फिल्मी फण्डा । नायक अनमोल केसी र स्टार निर्देशक मानिने सुदर्शन थापा बिच पहिलोपटक सहकार्य हुने भएको छ । निर्देशक थापाकै निर्माणमा बन्ने फिल्म 'रामायण'मा अनमोल अनुबन्ध भएका छन् । नायक अनमोल केसी र निर्देशक थापाबीच फिल्म रावायण मा सहकार्य गर्ने गरी संझौता भएको छ । यस अघि पुजा शर्मा सँग मिलेर फिल्म निर्माण गर्दै आइरहेका थापा यस पटक भने एक्लै फिल्म निर्माणमा अगाडि बढेका छन् । उनले आफ्नै प्रोडक्शनबाट फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् ।
यस फिल्ममा अनमोलले काम गर्ने पक्का भैसकेपनि अन्य कलाकार भने फाइनल भएका छैनन् । बाँकि कलाकार विस्तारै छनौट गरीने निर्माण टिम निकट स्रोतले जानकारी दिएको छ । उता अनमोल केसीले फिल्म 'फर्कि फर्कि' पनि साइन गरेका छन् । जसमा उनले नायिका जसिता गुरुङ सँग पहिलोपटक काम गर्दै छन् । स्रोतका अनुसार पहिले रावायणकै सुटिङ सुरु हुनेछ । भदौबाट फिल्मको काम सुरु गर्ने तयारी भैरहेको छ ।
अनमोलको पछिल्लो फिल्म छड्के २ असफल भएपछि उनले अहिलेसम्म कुनै फिल्मको सुटिङ सुरु गरेका छैनन्, छड्केबाट नसोचेको असफलता पाएका अनमोल अब कुनै रिक्स लिन नचाहेको बुझ्न सकिन्छ । उनले स्टार निर्देशकहरु सँग मात्रै काम गर्न चाहेको देखिन्छ ।