फिल्मी फण्डा। टेलिभिजन रियालिटी शो 'महागफाडी' निर्माण हुने भएको छ । आइतबार काठमाण्डौं स्थित एक होटलमा कार्यक्रम आयोजना गर्दै शोको घोषणा गरिएको हो । आजबाट डिजिटल अडिसन सुरु हुने शोको टेलिभिजन प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।
टेलिभिजन रियालिटी शो 'महागफाडी'लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी फिल्मको कथा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्ने बताइएको छ । अडिसन आफ्नो मातृभाषामा समेत दिन मिल्ने सुविधा आयोजक कम्पनीले दिएको छ ।
कार्यक्रमको जजको रूपमा कलाकार तथा कमेडियन शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन्। कार्यक्रमको अञ्भालन अभिनेता कामेश्वर चौरसियाले गर्नेछन् । महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद रु १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद रु १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद रु पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन्।