भुवन केसीले सार्वजनिक गरे १७ उपलब्धी र २२ कार्ययोजना (सूचीसहित)

फिल्मी फण्डा । चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष भुवन केसीले एक बर्ष भित्र आफुले गरेका उपलब्धीहरु सार्वजनिक गरेका छन् । उपलब्धी सार्वजिनकसँगै केसीले आगामी बर्षका केही कार्ययोजनाहरु समेत सार्वजनिक गरेका छन् । 

अध्यक्ष केसीले स्टोरी बैंकको प्रभावकारी कार्यनवयनदेखि चलचित्र नीतिको परिमार्जन मस्यौदा तयारसम्मका कामलाई आफ्नो उपलब्धीको रुपमा प्रस्तुत गरेका छन् ।

उपलब्धीहरूः
–लचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ ।

–राष्ट्रिय चलचित्र नीति¸ २०७१ लाई समयसापेक्ष परिमार्जन गरि राष्ट्रिय चलचित्र नीति¸ २०८० को मस्यौदा तयार भएको छ ।

–मिति २०८०र३र२६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं।१० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको छ ।

–नीजि क्षेत्रको सहभागितामा संयुक्त अरब ईमिरेट्स ९यूएई०को दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम सम्पन्न भएको छ ।

–नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेशनहरु छानेर वृत्तचित्र निर्माण गरि प्रचार प्रसार शुरु गरिएको छ ।

–एक सय जना नेपाली महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यका लागि विवरण सङ्कलन भएको छ ।

–चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनाधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरि अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चलचित्र तथा चलचित्रजन्य वस्तुको पाईरेसी नियन्त्रण सम्बन्धी सूचनामूलक सामाग्री तयार भई चलचित्रघरहरु मार्फत प्रचार प्रसार शुरु गरिएको छ ।

–दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजानिक नीजि साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक नीजि साझेदारीको मोडालिटी तयार भएको छ ।

–नेपाली मौलिक कथाहरु संग्रह गरी उत्कृष्ट चलचित्र निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु चलचित्र छनौट भएका छन् ।

–नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट तीन वटा चलचित्रलाई पुरस्कृत गरिएको छ ।

–राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि चलचित्रहरुको मूल्याङ्कन कार्य सम्पन्न भई बोर्डमा नतिजा पेश भएको छ ।

–कोशी प्रदेशको ईलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशका बाग्लुङ¸ लमजुङ¸ गोर्खा र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चलचित्रघरहरु नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

–चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवम् बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बाल चलचित्र निर्माणका लागि प्रशिक्षणरतालिम प्रदान गरिएको छ । चलचित्र साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा बाल चलचित्र निर्माण प्रशिक्षण तालिम प्रदान गरिएको । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गरिएको छ ।

–चलचित्रकर्मीहरुको दक्षता अभिवृद्दिका लागि चलचित्र पटकथा लेखन¸ चलचित्र निर्देशन तथा चलचित्र छायाङ्कन कार्यशाला सम्पन्न गरिएको । साथै, सरोकारवाला १० वटा संघ संस्थाहरुसंग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गरिएको छ ।

–आदिवासी, जनजाती,  मैथली, मधेसी, भोजपुरी, अवधि, थारु लगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न आदिवासी जनजाती मातृभाषी चलचित्र महासंघ अन्तर्गतका १५ वटा जातिय संस्थासँग सहकार्य भई कार्यक्रम सम्पन्न भएका छन् ।

–संसारकै उत्कृष्ट चलचित्र महोत्सवमध्ये एक कान्स ईन्टरनेशनल फिल्म फेस्टिभलमा बोर्डको समन्वयमा अविनाश विक्रम शाह निर्देशित लघु चलचित्रहरू ूलोरीू र ूभुन्टे“ प्रदर्शनीको लागि पठाईएको छ ।

–चलचित्र सम्बन्धी विषय अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई जनही रु। ५० हजार र विद्यावारिधि तर्फ एक जनालाई रु। ५० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

आगामी बर्षको लागि तय भएका कार्यक्रमहरू:
–काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने ।

–नेपाल चलचित्र दिवसबारे महत्वपूर्ण निर्णय गरी पुनः कार्यान्वयनमा ल्याउने ।

–चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्ने ।

–मौलिक चलचित्रको प्रवर्धनको लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, घटना, पात्र, सामाजिक जागरण एवं कलात्मक चलचित्र निर्माण र विश्वव्यापी प्रदर्शनमा अघि बढ्ने । साथै, गैर सरकारी तथा नीजिक्षेत्रको सहकार्यमा सामाजिक जागरणका तीनवटा लघु चलचित्र निर्माण गरी लक्षित समुदायमा प्रदर्शन गर्ने ।

–मोफसलमा निर्माण हुने मौलिक एवम् सन्देशमूलक तीन वटा चलचित्र ९प्रदेशगत रुपमा० छनौट गरी पोष्ट प्रोडक्सन तथा प्रदर्शनमा प्रोत्साहन अनुदान दिने ।

–राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानलाई थप परिस्कृत र समयसापेक्ष बनाउने ।

–नेपाली चलचित्रको प्रवर्धन गर्न सार्वजनिकरनीजि क्षेत्रको सहकार्यमा नेपाली बाहुल्यता रहेको कुनै एक देशमा नेपाल सिनेमा मिट कार्यक्रम आयोजना गर्ने ।

–बोर्डबाट चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि सम्पादन, मेकअप र अभिनय लगायतका विषयमा कार्यशालाहरू आयोजना गर्ने ।

–महिला चलचित्रकर्मीहरुको सशक्तिकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा महिला चलचित्रकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने । साथै, संविधान दिवसको अवसरमा सामाजिकरशासकिय रुपान्तरणमा योगदान पुर्‍याएका चलचित्रकर्मी पहिचान गरी सम्मान एवम् पुरस्कृत गर्ने ।

–नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायाङ्कनस्थलको बारेमा प्रवर्धनात्मक सामाग्री निर्माण गरी प्रचार(प्रसार गर्ने ।

–योग्यता पुगेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्रकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

–विदेशमा नियमित बक्स अफिस मार्फत स्वदेशी चलचित्र प्रदर्शन तथा चलचित्रको बजार विस्तारका लागि कार्य गर्ने चलचित्र वितरकलाई प्रदर्शन हुने नेपाली चलचित्रको सबटाईटल र ईन्कोडिङका लागि आर्थिक सहयोग गर्ने । साथै, नेपालको मौलिक कला संस्कृति झल्कने विशेष चलचित्रहरुको छनौट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।

–चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा फलदायी रूपमा सहकार्य गर्ने ।

–चलचित्र एक्स्पो आयोजना गर्ने ।

–नेपालका कुनै दुई प्रदेशमा चलचित्र पर्यटन महोत्सव आयोजना गर्ने ।

–नेपाली चलचित्रसँग सम्बन्धित सामाजिक सन्देश एवम् सूचनामूलक श्रव्यदृश्य सामाग्री तयार गरी प्रचार प्रसार गर्ने ।

–नेपाली चलचित्रको अन्तराष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्धन र बजारीकरणका लागि चलचित्रको बाहुल्यता रहेको सम्भावित कुनै दुई देश छनौट गरी अन्तर्क्रिया र बजार अध्ययन, छायाङ्कनस्थल प्रचार प्रसार तथा चलचित्र सम्बन्धी गतिविधिको अवलोकन भ्रमण गर्ने ।

–आदिवासी, जनजाति, मातृभाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।

–स्वदेशी चलचित्रको प्रवर्धन विकासका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार, एक्स्पो, अध्ययन अगायतका कार्यक्रममा बोर्ड र चलचित्रकर्मीहरुको सहभागिता गराउने ।

–चलचित्र सम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने।

–चलचित्रघर नभएका तर बाक्लो जनसंख्या रहेका जिल्लाहरुमा घुम्ती सिनेमा मार्फत शैक्षिक संस्थाहरुमा समेत गरी चलचित्रकर्मीहरुको सहभागितामा सिनेमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।

–मौलिक चलचित्र निर्माणमा प्रोत्साहनका लागि सञ्चालित स्टोरी बैङ्क लाई अझै प्रभावकारी बनाउने ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech