फिल्म 'अदृश्य' हेर्न दर्शक हलसम्म पुग्नेमा निर्माण टिम विश्वस्त

फिल्मी फण्डा । फिल्म अदृश्यका निर्माता तथा निर्देशक  प्रल्हाद काफ्लेले आफ्नो फिल्म उत्कृष्ट  बनेको दाबी गरेका छन्। फिल्म अदृश्यको टिमले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक काफ्लेले यस्तो दावि गरेका हुन् । 

कार्यक्रममा बोल्दै निर्देशक काफ्लेले कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफ्नो डेब्यु निर्देशकिय  फिल्म राम्रो बनाउनेको दावि गरे ।उनले फिल्मको पहिले नाम ए राखिए पनि पछि कथा सुहाउँदो नाम अदृश्य फिट हुने भएपछि परिर्वतन गरिएको समेत जानकारी दिए ।

फिल्मका कलाकार प्रमोद अग्रहरिले फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम  फिल्म बन्ने भएकाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाईमा पर्न सक्छन् । आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बताए। अग्रहरीले फिल्म कोरोना महामारीका बीच छायांकन गरिएको समेत जानकारी दिए

फिल्मकी मुख्य  नायिका रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडी गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई  फिल्मको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले बताइने । जसको कारण हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने आशा ब्यक्त गरिन् । 

फिल्ममा प्रमोद अग्रहरि, रिस्ता बस्नेत, सोहित मानन्धर, रवी गिरी, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती,  सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, निशान घिमिरेको कलर, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, बनिश शाहको सम्पादन रहेको छ । फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह निर्माता हुन् । फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ ।

उक्त कार्यक्रममा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, कलाकार प्रमोद अग्रहरि, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech