फिल्म 'कार्साङ'को मुख्य नायिकामा सुरक्षा पन्त अनुबन्धित

फिल्मी फण्डा । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'कार्साङ'मा मुख्य नायिकाको रुपमा सुरक्षा पन्त अनुबन्धित भएकी छन् । मुख्य नायकको रुपमा दयाहाङ राई यस अघिनै अनुबन्धित भैसकेका थिए । फिल्ममा बुद्धि तामाङ र नव नायिकाका रुपमा छिरिङ शेर्पा पनि अनुबन्धित भइसकेकी छन्।

यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका शेर्पाले 'कार्साङ' शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुनलागेको जानकारी दिए । कार्साङबाट फिचर फिल्ममा निर्देशकिय डेब्यु गर्न लागेका शेर्पाको अनुसार फिल्ममा लगभग सबै कलाकारहरूको लाइनअप पुरा भैसकेको छ । अब फिल्मको प्राविधिकहरु फाइनल गर्ने तयारी भैरहेको छ ।  तिहार लगतै फ्लोरमा जाने यस फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने छन् । उनी फिल्मका निर्माता पनि हुन् । फिल्म बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

कार्साङलाई ओभरसीजमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्दै छ । निर्माण टिम र सेभेन सिज कम्पनीबीच केही दिन मात्रै ओभरसीन राइट् लाइृ लिएर आधिकारिक संझौता भएको थियो । फिल्मलाई डोमेस्टिक अर्थात् घरेलु बजारमा आरआर फिल्म्सले बितरण गर्दै छ । फिल्मलाई ओभरसिज र नेपालमा एकैसाथ प्रदर्शन गर्ने तयारी भैरहेको निर्देशक शेर्पाले जानकारी दिए । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech