फिल्मी फण्डा । फिल्म गणपति का निर्माता रामप्रसाद रिजालले उक्त फिल्म रिलिज नहुँदै नयाँ फिल्म निर्माण घोषणा गरे । उनले घोषणा गरेको नयाँ फिल्म हो 'काजी' । फिल्मका लागि मुख्य नायक फाइनल गर्न बाँकी नै छ, तर निर्माता रिजालले फिल्ममा नायिका वर्षा सिवाकोटीलाई लिड हिरोइन भने फाइनल गरिसकेका छन् । फिल्म 'कामिनो'मा फाइनल भएर छायकँनको लागि प्रतिक्षा गरीरहेकि बर्षा उक्त फिल्मको काम अघि नबढेपछि निराश भएकी थिइन् । तर यस फिल्मको लिड हिरोइनमा फाइनल भएपछि उनि खुशी छिन् ।
यता ‘काजी’को छायांकन नै सुरु नहुँदै निर्माता रिजालले प्रदर्शन मिति भने घोषणा गरिसकेका छन् । 'काजी'लाई चैत्रको ३० गते रिलिज गर्ने उनको तयारी रहेको छ । ८१ साल नयाँ बर्षको अवसर पारेर फिल्म रिलिज गर्ने लक्ष्य सहित उनले चैत्र ३० मा फिल्म रिलिज गर्ने निर्णय गरेका हुन् । सम्भवत यदि कुनै ठुलो हिन्दी फिल्म यस मितिमा आएन भने ३ नेपाली फिल्म उक्त डेटमा भिड्ने छन् । तर अहिलेसम्म उक्त मितिको लागि अन्य कुनै फिल्मले रिलिज डेट फाइनल गरिसकेका छैनन् ।