सुदर्शनको 'रामायण'मा सीता बन्दै नीति शाह 

फिल्मी फण्डा । निर्देशक सुदर्शन थापाले 'रामायण' नामक फिल्मको निर्देशन गर्दैछन् । उनले पछिल्लो समयका स्टार हिरो अनमोललाई लिएर उक्त फिल्म बनाउन लागेका हुन् । उक्त फिल्म सँग सम्बन्धित अर्को जानकारी पनि हामिले प्राप्त गरेका छौं । स्रोतका अनुसार उक्त फिल्ममा मोडल नीति शाहले सीताको भुमिकामा अभिनय गर्ने पक्का भएको छ । नायिका नीति शाह नायक अनमोल केसीको जोडी बन्न तयार भएकी छिन् । नीति शाह र निर्माण पक्षवीच औपचारिक रुपमै संझौता भएको छ । यता राम र रामायण दुबै रोलमा अनमोलले काम गर्ने पक्का भैसकेको थियो, उनले पहिलोपटक यस फिल्म बाट दोहोरो भुमिकामा काम गर्दै छन् । 

नीति र अनमोलले यस अघि फिल्म 'एक्स ९' मा सँगै काम गर्ने गरि पक्का भैसकेको थियो । तर उक्त फिल्म अहिले कानुनी झमेलामा फसेको छ । 'एक्स ९' तत्काल नबन्ने कुरा निर्देशक मुकुन्द भट्टले फेसबुकबाट जानकारी दिइसकेको छन् । अब रामायणमा भने नीति र अनमोलले सँगै काम गर्ने पक्का भएको छ । 

निर्देशक थापाका अनुसार यो फिल्मलाई भदौबाट छायांकनमा जाने छ । स्रोतका अनुसार यो फिल्म नयाँ बर्षको अवसरमा प्रदर्शन हुने सम्भावना छ, उक्त डेटमा अनमोलले यस अघि 'ए मेरो अजुर ३' र ४ रिलिज गरेका थिए । जहाँ तेस्रो भाग ब्लकबस्टर भएको थियो भने, चौंथो भाग कन्नड फिल्म 'केजीएफ २' को चेपुवामा परेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech