'अगस्त्य भाग १' को ओभरसिजमा २५०० बढि सोज हुने

फिल्मी फण्डा । निर्माणाधिन फिल्म 'अगस्त्य–भाग १’ को ओभरसिज रिलिज भब्य हुने भएको छ । 'डार्क हर्स इन्टरटेन्मेन्ट' र 'सेभेन सिज प्रालि' बिच ‘अगस्त्य भाग १’ को ओभरसिज रिलिज लाई लिएर सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सेभेन सिजले अमेरिका, बेलायत र क्यानडामा ११५० सोज, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ ,थाइल्यान्डमा, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा करिव ७५० सोज  र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० शो प्रदर्शन गर्नेगरी सम्झौता भएको छ ।आज एक विज्ञप्ती जारी गर्दे निर्माया टिमले उक्त जानकारी दिएको हो । 

फिल्मको छायांकन नसकिँदै ओभरसिज राइट्स महंगो रकममा बिक्री भएकोमा निर्माण टिम हौसिएको छ । 'सेभेन सिज प्रालिसँगको यो सम्झौता' अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा रहेको निर्माण टिमको दाबी छ ।

फिल्ममा सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, नाजिर हुसेन, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ। फिल्मको को ४५ प्रतिशत छायांकन भारतको उत्तर प्रदेश राज्य सहित विभिन्न स्थानमा गरीएको छ, अब बाँकि छायांकन नेपालकै पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन रहेका छन्। अहिलेसम्म फिल्मको रिलिज डेट तोकिएको छैन । सम्भवत निर्माण टिमले रिलिज डेट छिट्टै सार्वजनिक गर्ने छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech