फ्राइडे रिलिज : आज बाट देशभरका हलमा 'अदृश्य' लाग्दै

फिल्मी फण्डा । आज शुक्रबार देशभर नेपाली फिल्म अदृश्य रिलिज भएको छ । आजको लागि अदृश्यले सोलो रिलिज पाएको छ । ४ महिना यता नेपाली बक्स अफिसमा कुनै फिल्मले दर्शक तान्न नसकिरहेको अवश्थामा अदृश्यले हलसम्म दर्शक तान्ने अपेक्ष गरीएको छ ।  

फिल्ममा प्रमोद अग्रहरि, रिस्ता बस्नेत, सोहित मानन्धर, रवी गिरी, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती,  सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, निशान घिमिरेको कलर, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, बनिश शाहको सम्पादन रहेको छ । फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह निर्माता हुन् । फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech