फिल्मी फण्डा । अमेरिकाको न्युयोर्क राज्यमा यही अगस्त १२ शनिबारका दिन आयोजना हुनगईरहेको छैटौं संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड २०२३ को तयारी अन्तिम अबस्थामा पुगेको छ । नेपाली फिल्म गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को यस छैटौं संस्करण न्युयोर्कमा आयोजना हुन् लागेको हो ।
यस वर्ष यो अवार्ड समारोह न्युयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा हुनेछ जहाँ हालसालै मिसनेपाल नर्थ अमेरिका उत्तर अमेरिका नेपाल सुन्दरी २०२३ प्रतियोगिताको आयोजना भव्यताको साथ सम्पन्न भएको थियो । जहां जुबली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२३ जसको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका संचालक शैलेश श्रेष्ठले गरेका थिए उनले नै यस अवार्डको छैंटौं संस्करणलाई न्यूयोकमा गर्न लागेका हुन् ।
यसै हप्ता काठमाडौंबाट केही कलाकारहरू अमेरिका आउने तयारीमा रहेको र बांकी कलाकारहरू कार्यक्रमको अन्तिम दिन सम्ममा अमेरिका आईपुग्ने आयोजक ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका संचालक तथा फाउण्डर शैलेश श्रेष्ठले बताएका छन् । फिल्मकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको यो समारोह बिगतमा अमेरिकाका विभिन्न राज्यहरुमा सफलतापूर्वक सम्पन्न भै सकेका छन् ।
यस पटक यो समारोहमा निखिल उप्रेती, नीर शाह, शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,मेलिना मानन्धर, रिचा घिमिरे, जल शाह, पुजा चन्द ९लामा०, अरुणिमा लम्साल, सारङ्गा श्रेष्ठ, शंकर घिमिरे, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरेलगायतका सहभागिता हुनेछ । यस समारोहमा नयां तथा पुराना पुस्ताका गरि ७० भन्दा बढी कलाकारहरुको जमघट हुनेछ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गर्ने छ । अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।