'फेरि रेशम फिलिली' अमेरिका जान चाहने युवाको हाँस्ने र रोने कथा ट्रेलरमा

फिल्मी फण्डा। महाशिवरात्रीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरले एक युवाको अमेरिका जाने सपना र उसको जीवनमा आइपर्ने समस्यालाई कमेडीको माध्यमबाट चित्रण गर्दछ। 

रौनक विक्रम कँडेलको लगानीमा तयार भएको यो फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका छन्। सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छन्। 

फिल्ममा अभिनय गर्ने कलाकारहरूमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायत छन्। 

यो फिल्मलाई आकाश बरालले लेखेका छन् भने सुशन प्रजापतिले छायांकन गरेका छन्। सुरेन्द्र पौडेलले सम्पादन र साहिल खानले ट्रेलर निर्माण गरेका छन्। 

ट्रेलरमा डीभीको पहिलो पत्र पाइसकेका एक युवाको अमेरिका जाने तयारी र उसको जीवनमा आइपर्ने विभिन्न समस्यालाई देखाइएको छ। 

फिल्म ‘रेशम फिलिली’ १० वर्षअघि रिलिज भएको थियो। यो नयाँ संस्करणले पनि दर्शकलाई रमाइलो कथामा बाँध्ने आशा गर्न सकिन्छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech