क्राइम थ्रिलर '११:५५' को पहिलो गीत दर्शक माझ

फिल्मी फण्डा। बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण गरिएको क्राइम थ्रिलर फिल्म "११:५५" ले हालै आफ्नो पहिलो गीत "रोक्ने छैन्" सार्वजनिक गरेको छ। अल्मोडा राणा उप्रेतीले यस गीतमा शब्द, संगीत, र स्वर दिएका छन् भने सुमन परियारले पनि स्वरको योगदान गरेका छन्। भिडियोमा प्रमुख कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, र सागर खनालको अभिनय समावेश छ। 

फिल्मको लेखनमा डेव्यु निर्देशक केशव पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन्। एमएस अग्रज, बुद्धि तामाङ, र विशाल पहारी पनि फिल्ममा अभिनय गर्दैछन्। 

श्याम शर्मा र सरोजा शर्माको लगानीमा निर्माण भएको यो फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ। फिल्म चैत्र ८ गते प्रदर्शन मा आउने तयारीमा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech