‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक, कलेज जीवनको कथा

फिल्मी फण्डा। नेपाली फिल्म उद्योगमा चर्चित ‘होस्टेल’ शृङ्खलाको तेस्रो भाग ‘होस्टेल ३’ को ट्रेलर आज राजधानीमा आयोजित विशेष कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ। कलेज जीवन, मित्रता, प्रेम, र संघर्षको कथामा आधारित यो फिल्मले युवा पुस्ताको भावना र अनुभवलाई ट्रेलरमा प्रस्तुत गरेको छ।

निर्देशक शसान कँडेल निर्देशित फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी लगायतका नयाँ कलाकारको अभिनय रहेको छ। यस फिल्मले विद्यार्थी जीवनका उतारचढाव, प्रतिस्पर्धा, प्रेम, र मित्रताको कथा प्रस्तुत गरेको छ।

विशेष कार्यक्रम कलाकारहरूसँग अन्तरक्रिया गर्दै तिनका अनुभवहरू साझेदारी गरिएको थियो।  फिल्मको कथा माधव शर्मा ले लेखेका हुन् र निर्माण सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा भएको छ। निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन् भने कार्यकारी निर्माता शंकर कोइराला हुन्।

फागुन २३ बाट नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने ‘होस्टेलकहरूको विशेष ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech