फिल्मी फण्डा । 'गाजलु', 'छ माया छपक्कै'लगायत फिल्मका सफल निर्माता रोहित अधिकारीले निर्माण गर्ने फिल्म 'बरिष्ठ बलाराम'मा अभिनेता दयाहाङ राईको ईन्ट्रि भएको छ । रोहित फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अभिनेता दयाहाङ 'बरिष्ठ बलाराम'को भुमिका देखिने छन् ।
उनीसँग फिल्मका निर्माता रोहितले एक हप्ता अगाडी सम्झौता गरेका हुन् ।यस अघि फिल्मा खगेन्द्र लामिछाने र अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अनुबन्ध भईसकेका छन् । दिव्याले 'बरिष्ठ बलाराम'बाट रजटपटमा डेब्यु गर्न लागेकी हुन् । डेब्यु फिल्ममै दिव्याले १० लाख पारश्रमिक लिएको खबरले उनी अहिले चर्चामा छिन् ।
दयाहाङ, खगेन्द्र र दिव्या पछि फिल्ममा बुद्धि तामाङ, विजय बराल र अर्को एक शसक्त कलाकार भित्रिन सक्ने निर्माण कम्पनी रोहित अधिकारी फिल्मस्ले जनाएको छ । उनीहरुसँग सेडुलसहितको कुराकानी भईरहेको बताइएको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ । रोहितसँगै बरिष्ठ बलराममा ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवालले पनि लगानीमा सहकार्य गर्नेछन् । फिल्मको सह निर्मातामा मनोज ओली र रामु न्यौपाने रहने छन् ।
'बरिष्ठ बलराम'लाई सुसन प्रजापतिले खिच्नेछन् । गोविन्द शाहीले वितरण गर्ने बरिष्ठ बलराम मंसिर १ गतेबाट फ्लोरमा जाने बताइएको छ । यस बर्ष रोहितथ अधिकारीले तीन फिल्म निर्माण गर्नेछन् । 'बरिष्ठ बलराम' पछि अनमोली स्टारर 'फर्की फर्की' र 'छक्का पञ्जा' टिमसँग एक फिल्म गर्ने तयारी रोहितले गरेका छन् ।