फिल्मी फण्डा । कलाकार कर्मा शाक्य र मेनुका प्रधानको मुख्य भुमिका रहेको फिल्म 'महानगर'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । '
ओ एस आर डिजिटल'को अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको ट्रेलरमा महानगर भित्ररहेको सामाजिक समस्यालाई देखाइएको छ । फिल्मको ट्रेलरले महानगरमा गुजारा गर्नका लागि देह ब्यापार गर्ने बाध्य महिलाको कथालाई पनि समावेश गरिएको छ ।
विभिन्न फिल्म फेस्टिभलहरुमा सहभागी भएर केही अवार्ड जितेको फिल्म महानगरलाई मोहन राईले निर्देशन गरेका हुन् । कार्यकारी निर्माता गोविन्द पराजुली र नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर रहेको यस फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेलको पनि अभिनय छ । मिडलवे फिल्मस्ले माउन्टेन रिभर फिल्मस् र गो विन् प्रोडक्सन्सले मिलेर निर्माण गरेको फिल्मको कथा पनि मोहन राईनै लेखेका हुन् ।
नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको फिल्म महानगर आगामी भदौ ८ गतेबाट प्रदर्शन हुनेछ ।